Logo

बुधवार, कार्तिक ५ गते २०७७

images
TRENDING
images

धर्म भित्रका मनोविज्ञानहरू

धर्म भित्रका मनोविज्ञानहरू

images

टेक बहादुर गुरुङ

१५, आश्विन २०७७
धर्म भित्रका मनोविज्ञानहरू
धर्म भित्रका मनोविज्ञानहरू
१) धर्म भनेको = अरूलाई सहयोग गर्नु हो ।
२) धर्म भनेको = अर्काको सेवा गर्नु हो ।
३) धर्म भनेको = बिपत्तिबाट उदार्नु हो ।
४) धर्म भनेको = आफु र अरूलाई पनि फाईदा हुने
काम गर्नु र बराबर बाँडनु हो ।

पाप भित्रका मनोविज्ञानहरू :
१) पापी भनेको = अरूलाई बिगार्ने काम गर्नु ।
२) पापी भनेको = अरूलाई बेफाईदा हुने काम गर्नु ।
३) पापी भनेको = आफु मात्र खाना खोज्नु हो ।
४) पापी भनेको = अबर्काको बडी लोभ गर्नु, अरूलाई
हेप्नु र हेला गर्नु पाप हो ।


धर्म र पाप भनेको यस्तै लाग्छ । तर संसारमा आ- आफ्नो परम्परा सामाजिक संस्कार र संस्कृतिलाई धर्मको रूपमा ब्यवहारमा उतार्दै आएको कारण हामीले हाम्रो प्राकृतिक बोन संस्कारलाई पनि किन छोड्ने भन्ने हो । संस्कार र संस्कृति भनेको आ – आफ्नो Relation हो । ज जस्ले आ- आफ्नो संस्कार र संस्कृति मान्छ त्यो सबै नाता गाँसेको हुन्छ । संसारमा संस्कारलाई धर्म संग नाम गाँसिएर कसको Relation को बाहुलिएता कति ? भन्ने राजनितिक पहिचानको प्रश्न ? खडा हुँदै आएको अवस्थामा हामी पनि आफ्नो कुल (न्हेजा)को नाताले हाम्रो पहिचान अगामी २०७८ सालको राष्ट्रिय जन गणनामा बोन धर्म लेखौं । किन भने धर्म संस्कारलाई लिएर कसैले भन्ने गर्छ अग्रगामी र पक्ष्यगामीको कुरा, तर मलाई लाग्छ आ- आफ्नो समुदायबाट बाहिर नगए सम्म संस्कार र संस्कृति नश्लीय रेशाको आधारमा चल्नु अग्रगामी नै हुन्छ पक्ष्यगामी हुँदैन भन्ने लाग्छ ।

कुनै पनि मनोबिज्ञान र अग्रगामी चिन्तनमा चेतना र पदार्थ कुन प्रधान हो भन्ने प्रश्न आउँछ । चेतना प्रधान हो की ? पदार्थ प्रधान हो । यस बारेमा भौतिकबादी ज्ञान र आध्यात्मिकबादी ज्ञान बारे डिप्ली अध्ययन नगरे सम्म ढूङगा माथि खेती गरे बराबर हुन्छ । मुल रूपमा मानिसको चेतनालाई पदार्थको गुणबाट बस्तु बिकासको क्रममा रूपान्तरण गराई मानब सभ्यताको आधारमा चेतना अभिबृत्ति भएको मान्नु पर्छ ।
सुरूमा २, प्रकारले ज्ञानको सृजना हुँदै आएको पाईन्छ ।

(१) आध्यात्मिक ज्ञान
(२) भौतिकबादी ज्ञान

यि दुई प्रकारको ज्ञानबाट बिज्ञानको चमात्कार प्रतिपादन भयो । तर सोच्नु पर्ने बिषय बस्तु एक चोटी पक्ष्यगामी तिर फर्केर बिचार गर्दा ज्ञान पहिले सृष्टी भयो कि बिज्ञान पहिले सृष्टी भयो ? यसको उत्तर ज्ञान नै पहिले सृष्टी भयो भन्ने आउछ । बिज्ञान त ज्ञानबाट बस्तु बिस्तार र रूपान्तरणको रूप मात्र हो । त्यसैले ज्ञान संधै स्थिर रहिरहन्छ । बिज्ञानले उत्पादन गरेका बस्तु या कच्चा पदार्थ अटल रहिरहन्दैन आज छ भोली छैन । त्यो बिज्ञानको सिप र कला हो ।
भौतिकबादी बिज्ञानले उत्पादन गरेका बस्तुहरू निस्चित रूपले नयाँ नयाँ उत्पादनका कलाहरू परिबर्तन हुन्छ । त्यो भौतिकबादी बिज्ञानको चमात्कार हो । ज्ञान भनेको मानिसको मस्तिष्कामा प्रकट हुने ज्योतिको चेतना हो । तर त्यो प्रकट भए पनि अात्माबिष्लेशनको दृष्टिकोणले हेर्ने हो भने मानिसको चेतना रूपान्तरण त पदार्थले मात्र गर्न सकिन्छ । पदार्थ नभए सोच्ने शक्ति आउँदैनन् । बिज्ञान भनेको बस्तु तथा पदार्थको रूप र आकार प्रकारमा भर पर्ने कुरा आउँछ ।
अर्को कुरा ज्ञान आध्यात्मिकबादको एउटा सिमा कायम गर्ने ऐना र नाता अर्थात Relation पनि हो । पछि प्ये ल्हुलाई प्रि ताँमा रूपान्तरण गरी ग्रन्थहरूमा परिणत गराउँदै लग्यो । त्यसैले आज भोली जो जस्ले पनि छ्या ल्हु भन्दा शास्त्र प्ये) ठुलो भन्ने कुरा अगाडी सार्छ । तर म भन्छु मानब जाति उत्पति पछि भाषा पहिले उत्पति भयो कि (प्रि ताँती) शास्त्र पहिले उत्पति भयो ? भन्ने कुरा अाउँछ । प्राकृतिकबादी बोन गुरूहरूको भनाईमा संसारमा सब भन्दा सुरूमा मानब जाति उत्पति भएर आयो, त्यस पछि जीबीकोपार्जनको क्रममा परिवार र समुदाय भित्र उपभोग्य बस्तुहरू उपभोग गर्न फिरन्त, आदन, प्रदान, चरी चरौको काममा अनिबार्य आवस्यकताले प्रयोगात्मक रूपमा भाषा उत्पति भयो र त्यस पछि समुदायमा पर्न आउँने अापत र बिपत्तिहरूलाई समाधन गर्न प्रकृतिरूपमा प्राकृतिक दैबीकशक्तिले मानब जातिलाई संस्कार र संस्कृति ग्रहण गरी दियो । त्यसैको परिणामले अहिले सम्म संस्कार र संस्कृतिको परम्परा रहँदै आएको हो भन्ने बोन लमहरूको भनाई छ । त्यस पछि मात्र मानब सभ्यताको बिकासले मानब जातिको जोश र शुभशन्देश दिन प्रकृतिबादी पूजारीहरूलाई रूपान्तरण गरी कृतिहरूलाई जीबन्त रहन लीपी बिकास गरी हस्त लेखमा लीपी बद्व तरीकाले मूर्तिबादमा शास्त्रिय धर्म ग्रन्थहरू बनाएर शास्त्र प्रतिपादन भयो भन्ने छ । शास्त्र भनेको मानब सभ्यता पछि कृषि युग र ईसाइ पूर्ब सुरू भए पछि मात्र शास्त्रिय रूपमा ग्रन्थहरू प्रतिपादन भएको कुरा आउँ छ ।

त्यसैले बिज्ञान भनेको भौतिकबादी सिद्वान्त हो ।
ज्ञानले संसारमा (१) आध्यात्मिकबाद र (२) भौतिकबादका कुराहरू प्रतिपादन गरिन्छ । ज्ञान भनेको घैँटो हो र बिज्ञान भनेको लोटा हो भन्ने भनाई पुरानो बैज्ञानिकहरूको लेखमा पाईन्छ । तर मानब जातिको मस्तिष्क नै असन्तुष्टीको कारण ज्ञानले प्रतिपादन गरेको बिज्ञानका बिभिन्न आकार प्रकारका बस्तुहरूले उच्चा स्थान लिएर चमात्कार देखाउँछ । त्यो बस्तु फेरी निस्क्रिय भएर सिद्विन्छ । बिज्ञानले फेरी अर्को रूप अाबिष्कार गर्दछ । क्रमश फेरी नै निस्क्रिय भएर जान्छ । त्यो बस्तु स्थिरता नरहनु बिज्ञानक‍ो चमात्कार हो । त्यसैले बिज्ञानको मुल रूपनै ज्ञान हो भन्ने लाग्छ । प्राकृतिकबादी सिद्वान्त अनुसार ज्ञान दुई लायनमा प्रकट हुन्छ ।

(१) आध्यात्मिकबाद र (२) भौतिकबाद यि कुराहरू मानिसको चेतनाको असन्तुष्टीको कारक तत्व हो । यस भित्र चेतना र पदार्थ कुन प्रधान हो ? भन्ने प्रश्न आउँछ ।
यसैले अहिले संसारमा धर्मको नामबाट राजनितिक Relation को बाहुलियता बनाउदै आएको देखिएकोले अब आउने २०७८ सालको राष्ट्रिय जनगणनामा हामी सम्पूर्ण तमु जातिहरूले बोन धर्म लेखौं र हाम्रो पुर्खाहरूको पुरातात्त्वीक धरोहार र पहिचानलाई संरक्षण गरौं ।

 

प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - १३:३६:१० बजे

टेक बहादुर गुरुङ

लेखक गुरूङ तमु प्ये ल्हु संघ केन्द्रीय वाेन्पाे लम समितिका सल्लाहकार समेत हुनुहुन्छ ।

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology