Logo

बुधवार, कार्तिक ५ गते २०७७

images
TRENDING
images

म्यानचेष्टर युनाइटेड र एभरटन क्वाटरफाइनलमा

म्यानचेष्टर युनाइटेड र एभरटन क्वाटरफाइनलमा

images

एजेन्सी

१५, आश्विन २०७७
म्यानचेष्टर युनाइटेड र एभरटन क्वाटरफाइनलमा

काठमाडौं । प्रिमियर लिग क्लबद्वय म्यानचेष्टर युनाइटेड र एभरटन काराबायो कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको खेलमा युनाइटेडले प्रिमियर लिगकै ब्राइटनलाई ३-० ले पराजित गर्दा एभरटनले पनि प्रिमियर लिगकै वेष्टहमलाई युनाइटेडलाई ४-१ ले हराएको छ ।

ब्राइटनको मैदानमा भएको खेलमा युनाइटेडले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको ४४औं मिनेटमा म्याक टोमिनेले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ७३औं मिनेटमा हुँवा माटा र ८०औं मिनेटमा पउल पोग्वाले गोल गरेपछि युनाइटेडले सहज जित हात पारेको हो ।

उता प्रिमियर लिगमा यस सिजन उत्कृष्ट प्रदर्शन गरेको एभरटनले पनि वेष्टहमलाई सहजै हरायो । एभरटनका लागि डोमिनिक काल्भर्ट लेविनले ह्याट्रिक गरे । लेविनले खेलको ११औं ७८औ र ८४औं मिनेटमा गोल गरे । रिचारिलर्सनले ५६औं मिनेटमा एक गोल गरे । वेष्टहमका लागि रोवर्ट स्नोडग्रासले ४६औं मिनेटमा एक गोल गरे ।

टोटनहम हट्सपर न्यूकासल युनाइटेड र म्यानचेष्टर सिटी यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - १४:३६:२५ बजे

एजेन्सी

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology