Logo

बुधवार, कार्तिक ५ गते २०७७

images
TRENDING
images

ईश्वर पोखरेलका सम्धीले लिए राष्ट्रिय वाणिज्य बैंकमा सपथ

ईश्वर पोखरेलका सम्धीले लिए राष्ट्रिय वाणिज्य बैंकमा सपथ

images

इच्छाकामना न्युज

१५, आश्विन २०७७
ईश्वर पोखरेलका सम्धीले लिए राष्ट्रिय वाणिज्य बैंकमा सपथ

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी प्रा.डा.उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यमा सपथ लिएका छन् ।

सञ्चालक समितिका निमित्त अध्यक्ष एवं अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले कोइरालालाई सपथ गराएका हुन् । सञ्चालक समितिको अध्यक्ष बनाउनेगरी उनलाई सदस्य नियुक्त गरिएको थियो ।

तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले भदौ ७ गते सदस्य नियुक्त गरेपछि चर्को आलोचना भएको थियो । सर्वत्र आलोचना भएपछि सपथ नलिएका कोइरालाले सुटुक्क सपथ लिएका अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैठकको सञ्चालक समितिको सदस्यमध्येबाट अध्यक्ष नियुक्त हुने व्यवस्था छ । उनलाई सञ्चालकहरुबाट अध्यक्ष बनाउने तयारी छ । अहिले बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव शर्मा, जनककुमार बराल, प्रा.डा.राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्रा.डा.माधवप्रसाद दाहाल सदस्य छन् ।

सञ्चालक समितिको छिट्टै बस्ने बैठकले कोइरालालाई अध्यक्ष नियुक्त गर्ने तयारी भएको स्रोतको भनाइ छ । पोखरेलका सम्धी कोइराला पटक पटक राजनीतिक नियुक्ति लिने भाग्यमानी हुन् । उनी अनियमितता र भ्रष्टाचारको आरोपमा मुछिने गरेका छन् ।

यसअघि कोइरालाले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति, खाद्य संस्थानको महाप्रवबन्धक, क्याम्पस प्रमुख, नेपाल आयल निगमको कार्यकारी अध्यक्ष, उच्च माध्यामिक शिक्षा परिषद्को उपाध्यक्षलगायतका नियुक्ति प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - १४:५२:२८ बजे

इच्छाकामना न्युज

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology