बुधवार, श्रावण २८ गते २०७७

  • ट्रेण्डिङ:

हाम्रो बारेमा

हाम्रो बारेमा


www.rodikkhabar.com रोदिक मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित न्यूज पोर्टल हो । यो राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आमजनताको पक्षधर समाचार पोर्टलका रुपमा रहनेछ । आवाजविहिनहरुको आवाज बन्दै दुनियाँलाई हर प्रहर खबर सम्प्रेषण गर्ने लक्ष्यका साथ समाजको सही चित्रण, लुकेका र लुकाइएका हरेक घटना परिघटनाप्रति हाम्रो सूक्ष्म नजर जानेछ र सूचना तथा विश्लेषणको खोजी गर्नेेहरुका लागि छिनछिनको समाचार पोर्टल बन्नेछ रोदिक खबर । यसमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को गरिनेछ । ‘हाम्रो कोही होइन र हामी कसैका होइनौं : सत्य हाम्रो हो, सत्यका लागि हामी हौं’ भन्ने आदर्शबाट अभिप्रेरित भएर हामी समाचार सम्प्रेषण गरिरहने प्रतिवद्धता गर्दछौँ । सञ्चारक्षेत्रमा रोदिक मिडिया नेटवर्क प्रालिको यो यात्रा त्यही सत्यतथ्य सूचना दिने अभियानतर्फको सशक्त पाइला हो ।